अपि पावरको नाफा १४५ गुणा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । अपि पावर कम्पनीको खुद नाफामा उछाल आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १४ हजार ४४१.६३ प्रतिशतले बढेकोे छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्म ३१ करोड १६लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७ करोड १० लाख रुपैयाँ धेरै हो । अपिले गत वर्षको दोस्रो त्रैमाससम्म २१ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा अपिको संचालन आम्दानी र विद्युत् बिक्री आम्दानी बढ्दा नाफामा उछाल आएको हो । यस अवधिमा कम्पनीको संचालन आम्दानी ३८.३८ प्रतिशतले बढेर ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष विद्युत् बिक्रीबाट ६२ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष बढेर यस्तो आम्दानी ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने ५७.९९ प्रतिशतले बढेर ३३ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

हाल ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५५ करोड ७६ लाख रुपैयाँ संचित छ ।

खुद नाफा बढेसँगै पनि कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य रुपमा बढेको छ । गत पुसमा ७ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष बढेर १०.२६ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.१८ रुपैयाँ छ ।

इमेज सहकारीका ५४७ बचतकर्ताले पाए रकम फिर्ता Read Previous

इमेज सहकारीका ५४७ बचतकर्ताले पाए रकम फिर्ता

पैसा थुप्रिएपछि थप ३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक Read Next

पैसा थुप्रिएपछि थप ३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक