नेप्सेमा लगातार तेस्रो दिन गिरावट, परिसूचक फेरि २७०० बिन्दु तल झर्यो

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । मंगलबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको छ । ३ दिनमा नेप्से २९ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २९ करोडले बढेर ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । फाइनानस समूहकाे परिसूचक १.५८ प्रतिशतले बढेको छ भने विकास बैंक १.५३ प्रतिशतले घटेको छ ।

आज साहस ऊर्जाको सर्वाधिक ३१ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा २२ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज अपर लोहेरो खोला हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक र उपकार लघुवित्तका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमााएका छन् ।

सुस्तावासीलाई १ वर्ष निःशुल्क बिजुली, मिटर जडान गरिँदै Read Previous

सुस्तावासीलाई १ वर्ष निःशुल्क बिजुली, मिटर जडान गरिँदै

संसदमा पेश भयो पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस Read Next

संसदमा पेश भयो पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस