नेप्सेमा ७ अर्ब १७ करोडकाे बोनस सेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७ अर्ब बढीको बोनस सेयर सूचीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि पुस मसान्तसम्म ७ अर्ब १७ करोड रुपैयाँ बराबरको ७ करोड १७ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

चालु आवमा कुल १६ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । ३ अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ३ करोड ९८ लाख बराबरको एफपीओ तथा ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल १६ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

त्यस्तै, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ८ अर्ब २४ करोड बराबरको हकप्रद सेयर, ८ अर्ब बराबरको म्युचुअल फण्ड, ४५ करोड बराबरको साधारण सेयर र १२ करोड बराबरको डिबेन्चर गरी कुल १६ अर्ब ८१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

२०८१ पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् ।

त्यस्तै ९१ जलविद्युतकम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० पुसमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो ।

सूर्यविनायक-धुलिखेल सडकको ३५ प्रतिशत काम पूरा, गति बढाइँदै Read Previous

सूर्यविनायक-धुलिखेल सडकको ३५ प्रतिशत काम पूरा, गति बढाइँदै

बैंकिङ प्रणालीका समस्या समाधान गर्न कानुनी सुधारको प्रक्रिया अघि बढाइँदै छ : गर्भनर अधिकारी Read Next

बैंकिङ प्रणालीका समस्या समाधान गर्न कानुनी सुधारको प्रक्रिया अघि बढाइँदै छ : गर्भनर अधिकारी