वैदेशिक अध्ययनका लागि ६ महिनामै बाहिरियो ५७ अर्ब

काठमाडौं । वैदेशिक अध्ययनका लागि चालु आर्थिक् वर्षको ६ महिनामा नेपाली विद्यार्थीले ५६ अर्ब ८३ करोड रुपैयाँ बराबर खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब रुपैयाँ बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ ।

अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ९२ करोड पुगेको छ । गत वर्ष ६ महिनाको अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रुपैयाँ बराबर थियो ।

समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।

नेप्सेमा ४० अंकको उतरचढाव, ४ कम्पनीको मूल्यमा सर्किट Read Previous

नेप्सेमा ४० अंकको उतरचढाव, ४ कम्पनीको मूल्यमा सर्किट

सूर्यविनायक-धुलिखेल सडकको ३५ प्रतिशत काम पूरा, गति बढाइँदै Read Next

सूर्यविनायक-धुलिखेल सडकको ३५ प्रतिशत काम पूरा, गति बढाइँदै