अमेरिकाले सार्वजनिक गर्‍यो देश निकाला गर्ने साढे १४ लाख आप्रवासीको संख्या, नेपाली कति ?

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी सत्ता सम्हालेसँगै अवैध आप्रवासीलाई देश निकाला गर्ने क्रम तीव्र भएको छ ।

ट्रम्पले शपथ ग्रहण गरेकै दिन आप्रवासीलाई घर फर्काउने कार्यकारी आदेशमा हस्तार गरेका थिए । त्यसयता दैनिक हजारौं संख्यामा आप्रवासीलाई डिपोर्ट गरिँदै आएको छ ।

यसैक्रममा, अमेरिकाको अध्यागमन कार्यालयले देश निकाला गर्ने १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको संख्या सार्वजनिक गरेको छ ।

अमेरिकाले घर फिर्ता गर्न लागेकाहरूमा होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरू रहेका छन् ।

अमेरिकाकोे सार्वजनिक गरेको सूची अनुसार होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।

त्यस्तै, चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् । अमेरिकाबाट देश निकाला हुनेको सूचीमा १ हजार ३६५ जना नेपाली पनि रहेका छन् ।

 

ग्लोबल आइएमई लघुवित्तको नाफा १४७% बढ्यो, ईपीएस ३८ रुपैयाँ Read Previous

ग्लोबल आइएमई लघुवित्तको नाफा १४७% बढ्यो, ईपीएस ३८ रुपैयाँ

नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?