क्रेस्ट माइक्रो लाइफको आइपीओ खुल्यो, १० हजार कित्तासम्म भर्न पाइने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

उक्त आइपीओमा माघ २९ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथगा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

यूएसएड अन्तर्गतका ४ आयोजना स्थगित गर्न निर्देशन Read Previous

यूएसएड अन्तर्गतका ४ आयोजना स्थगित गर्न निर्देशन

७ वर्षमा पनि बनेन आँधीखोला पुल, ३ पटक म्याद थप्दा ८०% मात्रै काम पूरा Read Next

७ वर्षमा पनि बनेन आँधीखोला पुल, ३ पटक म्याद थप्दा ८०% मात्रै काम पूरा