रविलाई १ करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतको आदेश

काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आइतबार रुपन्देही जिल्ला अदालतका प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा उनी विरुद्ध रुपन्देहीमा ठगीको मुद्दा परेको थियो ।

लामिछानेलाई यसअघि माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । काठमाडौंमा उनी विरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन र संगठित अपराधको आरोपमा मुद्दा दायर भएको थियो ।

त्यसअघि पुस २५ गते उनी कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । कास्कीमा लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दायर भएको थियो ।

बुटवलमा फूडमाण्डुको सेवा सुरू Read Previous

बुटवलमा फूडमाण्डुको सेवा सुरू

घुन्सा खोला जलविद्युतमा जुट्यो लगानी, ५ संस्थाले पौने १३ अर्ब लगानी गर्ने Read Next

घुन्सा खोला जलविद्युतमा जुट्यो लगानी, ५ संस्थाले पौने १३ अर्ब लगानी गर्ने