नेप्सेमा थप दुई कम्पनीको २४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको २४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार रुरु जलविद्युत् परियोजना र नेशनल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा रुरुको १५ प्रतिशत (७ लाख ३९ हजार ९८५.४८ कित्ता) र नेशनलको १४.२५ प्रतिशत (१६ लाख ६० हजार ८६८.४० कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

नवजात शिशुको श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने निर्णय Read Previous

नवजात शिशुको श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने निर्णय

बुटवलमा फूडमाण्डुको सेवा सुरू Read Next

बुटवलमा फूडमाण्डुको सेवा सुरू