विद्युत् महसुल नतिर्ने चितवनका १३६८ ग्राहकको लाइन काटियो

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले १ हजार ३६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो ।

कार्यालयका प्रमुख ई. रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो । यस अवधिमा १ हजार ४५६ जनाले बक्यौता रकम तिरेका छन् । उनीहरुबाट २ करोड ८२ लाख २१ हजार ९१६ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रमुख श्रेष्ठका अनुसार १ हजार ६६८ जना ग्राहकबाट ४ करोड १३ लाख ९५ हजार ५६७ रुपैयाँ बक्यौता उठाउन बाँकी थियो । वितरण केन्द्रले पुस मसान्तसम्म २८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ ।

उनीहरुबाट १ करोड ५ लाख ४६ हजार १८८ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । वितरण केन्द्र प्रमुख श्रेष्ठले भने, ‘नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियम अनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ ।’

भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन् । यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन् ।रासस

वीरगञ्ज नाकाबाट दोब्बरले बढ्यो निर्यात, सबैभन्दा धेरै खानेतेल विदेशियो Read Previous

वीरगञ्ज नाकाबाट दोब्बरले बढ्यो निर्यात, सबैभन्दा धेरै खानेतेल विदेशियो

ललितपुरका थप यी सडकमा 'इन्टिलिजेन्ट ट्राफिक लाइट’ जडान गरिँदै Read Next

ललितपुरका थप यी सडकमा 'इन्टिलिजेन्ट ट्राफिक लाइट’ जडान गरिँदै