नेपाल ल्युब आयलले २०० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनी संचलक समितिको माघ ११ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ७ करोड २९ लाख २४ हजार ५०० रुपैयाँ रहेको छ । कम्पनीले १४ करोड ५८ लाख ४९ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले यसअघि घोषणा गरेको एफपीओ निष्कासन गर्ने प्रस्ताव भने खारेज गरेको छ । इफपीओको सट्टा हकप्रद जारी गरी पूँजी वृद्धि गरिने कम्पनीले जनाएको छ ।

हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले माघ २९ गते विशेष साधारण सभा बोलाएको छ । सभा द प्लाजा, पुल्चोक, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा, यसै वर्ष सक्ने लक्ष्य Read Previous

अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा, यसै वर्ष सक्ने लक्ष्य

बोलकबोल मार्फत ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक Read Next

बोलकबोल मार्फत ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक