कालीगण्डकीमा बन्यो मोटरेबल पुल, बागलुङ-पोखरा दूरी ३० किमी छोटियो

बागलुङ । कालीगण्डकी नदीमा १३ करोड १२ लाख ४९ हजार ३६४ रूपैयाँ लागतमा निर्मित मोटरेबल पुल यसै सातादेखि सञ्चालन भएको छ।

पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ।

पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका-६ जोडिएका छन्।

जैमिनी नगरपालिका-५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए।

पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उनले सुनाए । रासस

बैंकमा पैसा थुप्रेपछि एकैदिन ९० अर्ब तान्दै राष्ट्र बैंक Read Previous

बैंकमा पैसा थुप्रेपछि एकैदिन ९० अर्ब तान्दै राष्ट्र बैंक

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध Read Next

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध