शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन आइतबार सूचक दोहोरो अंकले बढेको छ । कारोबार रकममा पनि झण्डै दोब्बरले बढोत्तरी आएको छ ।

 

शेयर बजार मापक सूचक नेप्से १६.०९ अंकले बढेर ११८२.३१ विन्दुमा पुगेको छ । आज १७३ कम्पनीको ७१ करोड २३ लाख ५७ हजार २४१ रुपैयाँ बराबरको कारोबार भएको छ । २० लाख ८२ हजार ७१८ कित्ता शेयर किन बेच भएका छन् ।

 

कारोबार भएका १२ वटा समूहको सूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ८३.६८ अंकले बढेको छ । बैकिङ समूह १६.७४ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा आज शिवम् सिमेन्टको शेयर शीर्ष स्थानमा रह्यो । यसको ५ करोड ६२ लाख २७ हजार ३८४ रुपैयाँको कारोबार भएको छ ।

 

आज दुई कम्पनीको सूचकमा पोजेटिभ सर्किट लागेको छ । वोमी माइक्रोफाइनान्स र ग्रामीण विकास लघुवित्तको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५.६३ प्रतिशतले घटेको छ

बैंक ह्याकिङ्ग प्रकरण : १ करोड लिएर भागेका एजेन्ट पक्राउ Read Previous

बैंक ह्याकिङ्ग प्रकरण : १ करोड लिएर भागेका एजेन्ट पक्राउ

पाँच ‘गेम चेन्जर’ आयोजना अगाडि बढाउँदै लगानी बोर्ड Read Next

पाँच ‘गेम चेन्जर’ आयोजना अगाडि बढाउँदै लगानी बोर्ड