६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको करिब १६.२७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।

चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएकामा पुससम्म १० अर्ब ५० करोड २९ लाख ९ हजार रुपैयाँ खर्च भएको छ । चालुको तुलनामा पूँजीगत खर्च कम भएको पौडेलको भनाइ छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१.५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८.३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले चार दशमलव छ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

कागबेनी-छुसाङ सडक कालोपत्र गरिँदै, ५० करोड बजेटको  स्रोत सुनिश्चित Read Previous

कागबेनी-छुसाङ सडक कालोपत्र गरिँदै, ५० करोड बजेटको  स्रोत सुनिश्चित

२ अर्ब बराबरको घरजग्गा जफत गर्दै गृहमन्त्रालय Read Next

२ अर्ब बराबरको घरजग्गा जफत गर्दै गृहमन्त्रालय