काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आज (कार्यालय समय)देखि सवा ८ लाख कित्ता बढी सेयर लिलामीमा ल्याउने भएको छ ।
कम्पनीले यसअघि बिक्रीमा ल्याएको ५० प्रतिशत हकप्रद मध्ये अवितररित ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
उक्त सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले माघ ९ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाइ गोप्य शिलन्दीमार्फत आवेदन दिन सक्नेछन् । तर, बोलपत्र पेश गर्दा न्यूनतम मूल्य १०० रुपैयाँ घटाउन पाइने छैन ।
बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, वीरगंज, जाउलाखेल, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।