लाभांश प्रयोजनका लागि नेपाल लाइफले तोक्यो बुकक्लोज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले माघ २८ गते २५ औँ वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा होटल भिष्वा, वीरगंजमा बिहान ९ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

नेपाल लाइफले सभा तथा लाभांश प्रयोजनका लागि माघ १० गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार माघ ९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

मधेसका उद्योगमा बैंक तथा वित्तीय संस्थाको १ खर्ब २२ अर्ब कर्जा लगानी Read Previous

मधेसका उद्योगमा बैंक तथा वित्तीय संस्थाको १ खर्ब २२ अर्ब कर्जा लगानी

चीन र रुस बीचकाे व्यापारमा नयाँ रेकर्ड Read Next

चीन र रुस बीचकाे व्यापारमा नयाँ रेकर्ड