संसद् भवनको भौतिक प्रगति ८४ प्रतिशत, राष्ट्रपतिले गरे निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेका छन् । उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरे ।

त्यसअवसरमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँको लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७३.०४ प्रतिशत भएको जानकारी दिए । संसद्को वर्षे अधिवेशन नयाँ भवनमा गर्नेगरी काम भइरहेको उनले बताए ।

भवनको आन्तरिक साजसज्जाका लागि २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा सम्झौता भएको छ । हालसम्म भवनको २५ प्रतिशत सजावट भएको छ । भवनमा १ हजार ३५१ वटा कोठा छन् जहाँ सङ्घीय संसद्का दुवै सदनका बैठक हुनेछन् ।

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित Read Previous

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

राष्ट्रपति समक्ष ५ अध्यादेश सिफारिस, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू Read Next

राष्ट्रपति समक्ष ५ अध्यादेश सिफारिस, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू