काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । गत बिहीबारदेखि दोहोरो अंकले ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ३ दिनमा मात्रै नेप्से ४९ अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक १५.५४ अंकले घटेर २६९४.१३ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि आज करोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब ६५ करोडले बढेर ६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशतले घटेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ४५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, न्यादी हाइड्रोपावरको २८ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको मूल्य घटेको छ ।
घट्दो बजारमा पनि आज बाराही हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
सिन्धु विकास बैंक र आत्मनिर्भर लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन्