काठमाडौं भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित निर्माणाधीन भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय बनाएको छ ।

महानगरले सूचना जारी गर्दै उक्त भ्यु टावरको नक्सा पास सम्बन्धी छाननबिन भइरहेकाले प्रतिवेदन प्राप्त नहुन्जेलसम्म
भ्युटावरको नक्सा निष्क्रिय बनाइएको जानकारी गराएको हो ।

‘काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि बीच २२ फागुन ०७१ मा काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रालिबाट निर्माण हुँदै गरेको काठमाडौं भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानबिन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको व्यहोरा सरोकारवालाको जानकारीका लागि सूचित गरिन्छ ,’ महनगरको सूचनामा भनिएको छ ।

माघमा अधिकांश बैंकको ब्याजदर स्थिर, दुइटाले घटाए, कुनको कति ? Read Previous

माघमा अधिकांश बैंकको ब्याजदर स्थिर, दुइटाले घटाए, कुनको कति ?

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डको काम ७४% पूरा, १० सेमी बाक्लो कालोपत्र Read Next

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डको काम ७४% पूरा, १० सेमी बाक्लो कालोपत्र