नेप्सेमा दोहोरो अंकको गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता ५७ अंकले बढेको नेप्से यस साता पहिलो दिनमै २५ अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ अर्ब ३० करोड रुपैयाँले घटेर ४ अर्ब रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.६ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक २० करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सिन्धु विकास बैंकको १८ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिन्धु विकासब बैंक र वीन नेपाल लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

न्यादी हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन्

 

४ महिनामा पनि मर्मत भएन नख्खुडोल पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य Read Previous

४ महिनामा पनि मर्मत भएन नख्खुडोल पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य

भन्सारमा कर्मचारीको तजबिजी कटौती गर्न निजी क्षेत्रको माग, यस्ता छन् सुझाव Read Next

भन्सारमा कर्मचारीको तजबिजी कटौती गर्न निजी क्षेत्रको माग, यस्ता छन् सुझाव