दुई बैंकको साढे ५ लाख बढी कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

काठमाडौं । दुई वाणिज्य बैंकले साढे ५ लाख कित्ता बढी सेयर लिलामाी माल्याएका छन् । माछापुच्छ्रे र सिटिजन्स बैंक इन्टरनेशनलले कुल ५ लाख ६४ हजार ३१९.५८ कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा ल्याएका हुन् ।

माछापुच्छ्रे बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख २५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा आजको ७ दिन भित्र आवेदन दिन सकिने छ ।

बैंकको उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । आवेदकले आफूले किन्न चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

बैंकको उक्त सेयर किन्न चाहनले आजको ३५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले न्यूनतम सेयर मूल्य प्रतिकित्ता १०२ रुपैयाँ नघटाई आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

अरुण तेस्रो आयोजनाबाट ४०० परिवारले मुआब्जा पाउने, प्रतिरोपनी कति ? Read Previous

अरुण तेस्रो आयोजनाबाट ४०० परिवारले मुआब्जा पाउने, प्रतिरोपनी कति ?

नेपाल बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने Read Next

नेपाल बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने