काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई सहकारी संस्थाको रकम अपचलनको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
करिब ३ महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि उनलाई रिहा गर्न आदेश दिएको हो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको थियो । उनलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।