आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।

‘प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक,’  ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश बीउबिजन सम्बन्धी व्यवस्था गर्न बेनेको विधेयक’ प्रदेशसभामा पेस गर्ने आजको बैठकले निर्णय गरेको उनले बताए ।

मुग्लिन-मलेखु सडक विस्तारका क्रममा अब सवारी नरोकिने Read Previous

मुग्लिन-मलेखु सडक विस्तारका क्रममा अब सवारी नरोकिने

समता घरेलु लघुवित्तको लाभांश घोषणा Read Next

समता घरेलु लघुवित्तको लाभांश घोषणा