नागरिक लगानी कोषको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (पुस २२ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कोषको लाभांश पाउने छन् ।

कम्पनीले गत आवको नाफाबाट ७ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा आफ्नो केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

३ महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा Read Previous

३ महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा

गार्डियन माइक्रो लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

गार्डियन माइक्रो लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?