नेप्से सूचक र कारोबार दुवै बढ्यो

काठमाडौं । सेयर बजारमा सामान्य वृद्धि भएको छ । बुधबार ५ अंकले बढेको नेप्से आज पनि झण्डै ५ अंकले नै बढेको हो ।

बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा पुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बले बढेर ४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये अन्य ८ समूहको सूचक बढेको छ भने ५ को घटेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले बढेको छ भने व्यापार २.०३ प्रतिशतले घटेको छ ।

आज प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर सर्वाधिक ४६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, न्यादी हाइड्रोपावरको २० करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, सामुदायिक लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सुपर मादी हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अब चन्द्रागिरि नगरपालिकामा 'गुगल प्लस कोड' सहितको सडक, चोक र घर नम्बर Read Previous

अब चन्द्रागिरि नगरपालिकामा 'गुगल प्लस कोड' सहितको सडक, चोक र घर नम्बर

प्रदेश सरकारले महानगरको आय घटाएको छ, यो नीतिगत भ्रष्टाचार हो : मेयर शाह Read Next

प्रदेश सरकारले महानगरको आय घटाएको छ, यो नीतिगत भ्रष्टाचार हो : मेयर शाह