टेलिकमसहित ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस १८ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म सेयर किन्नेले यी कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

नेपाल टेलिकमले गत आवको नाफाबाट करसहित ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न टेलिकमले पुस २८ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सत्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

त्यस्तै, गरिमा विकास बैंकले लाभांश पारित गर्न पुस २९ गते, होटल पोखर ग्राण्ड, पोखरा, कास्कीमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले गत आवको नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यस्तै, बुटवल पावर कम्पनीले गत आवको नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते, कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

अमेरिकी डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड Read Previous

अमेरिकी डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

बलेफी हाइड्रोपावरको हकप्रद सेयर भर्ने आज अन्तिम दिन Read Next

बलेफी हाइड्रोपावरको हकप्रद सेयर भर्ने आज अन्तिम दिन