काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ६ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट्स, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त र आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस १७ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म सेयर किन्नेले यी कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।
लक्ष्मी सनराइज बैंकले गत आवको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस २४ गते साधरण सभा बोलाएको छ । बैंकको सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।
त्यस्तै, शिवम् सिमेन्टले ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद गरी ९ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न शिवम्ले पुस २९ गते, सोमबार, राष्ट्रिय सभा गृह, भुकृटीमण्डप, काठमाडौँमा साधारण सभा बोलाएको छ।
त्यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश पारित गर्न पुस २९ गते, आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बीसौँ वार्षिक साधारण सभा डाकेको छ। सांग्रिलाले ३.६५१६ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.१९२२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
त्यस्तै, डिप्रोक्स लघुवित्तले गत आवको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न डिप्रोक्सले पुस २६ गते, होटल सेभेन स्टार लिमिटेड, सौराह, चितवनमा तेइसौँ वार्षिक साधारण सभा डाकेको छ।
त्यसैगरी, साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न पुस २३ गते, कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। साना किसानले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
आइसीएफसी फाइनान्सले करसहित ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न फाइनान्सले पुस २९ गते, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ।