काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ( एचआइडीसिएल), सर्वोत्तम सिमेन्ट, सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
साधारण सभा तथा लाभांश प्रयोजनार्थ एचाअइडीसीएल र सर्वोत्तमले भोलि (पुस १२ गते) र सिद्धार्थ तथा ग्रीन भेन्चर्सले पुस १४ गते बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र ती कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।
एचआइडीसीएलले गत वर्षको नाफाबाट करसहित ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २४ गते तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा कार्की ब्याङ्केट, बबरमहलमा बिहान १० बजे सुरु हुनेछ।
त्यस्तै, सर्वोत्तम सिमेन्टले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न सर्वोत्तमले २६ गते होटल भिलासा, भैरहवा, रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यसैगरी, ग्रीन भेन्चर्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत लाभांश पारित गर्न पुस २८ गते साधरण सभा बोलाएको छ । कम्पनीको सभा रानी महल ब्याङक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
त्यस्ते, सिद्धार्थ बैंकले करसहित ४ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस २८ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।