रानी-धरान सडक कालोपत्र हुने

सांकेतिक तस्वीर

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर-४ राजवंशी चोक पश्चिम पुल चोकदेखि वडा नं. १३ को रानी-धरान सडकलाई कालोपत्र गर्ने भएको छ ।

नहरको डिल हुँदै निर्मित उक्त सडक करिब रु चार करोडको लागतमा कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको थियो । उक्त बोलपत्र अनुसार ऐसी-सिसी र एलसी जेभीले ३ करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिसकेका छन् ।

महानगरले सो सो सडकका लागि आवश्यक बजेट आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

सो सडक निर्माणपछि धरान–विराटनगर सडकमा देखिँदै आएको ट्राफिक समस्या केही मात्रामा भए कम हुने प्रमुख कोइरालाको भनाइ छ । गत भदौ ६ गते ठेक्का सम्झौता भएको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ । ठेक्का सम्झौता अनुसार ५.५ किलोमिटर सडक कालोपत्र हुनेछ ।

यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्र भइसकेको छ । आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए । रासस

औषधी कम्पनीको नाम नतोकिकनै सिफारिस गर्ने व्यवस्था गरिँदै Read Previous

औषधी कम्पनीको नाम नतोकिकनै सिफारिस गर्ने व्यवस्था गरिँदै

नेको इन्स्योरेन्सले पायो हकप्रद जारी गर्न बोर्डबाट अनुमति Read Next

नेको इन्स्योरेन्सले पायो हकप्रद जारी गर्न बोर्डबाट अनुमति