५ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, मञ्जुश्री फाइनान्स, आरएसडीसी लघुवित्त र मिथिला लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

पाँचै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ पुस ११ गते बुकक्लोज तोकेका छन् । भोलि क्रिमसका कारण सार्वजनिक बिदा भएकाले आजसम्म कायम रहने सेयरधनीले मात्र ती कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

मञ्जुश्री फाइनान्सले गत आवको नाफाबाट करसहित ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न पुस २८ गते, थापागाउँ ब्याङ्क्वेट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको छ ।

त्यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५ प्रतिशत गरी १० प्रतितश लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले पुस २९ गते, वेष्टर्न एशियन होटल, बुटवलमा साधरण सभा बोलाएको छ ।

त्यसैगरी, मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले पुस २८ गते कोमल होटल, ढल्केबर, धनुषामा वार्षिक साधारण सभा बोलाएको छ।

माउन्टेन इनर्जीले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश पारित गर्न पुस २८ गते, अम्रपाली ब्याङ्क्वेट केटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २७ गते, काठमाडौँ प्रालि, थापागाउँ, नयाँ बानेश्वरमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ ।

 

डलरको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड Read Previous

डलरको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात ३८ प्रतिशतले घट्यो Read Next

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात ३८ प्रतिशतले घट्यो