महुली लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

FPO

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ)मा आवेदनदिने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले पुस ५ गतेदेखि बिक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

लघुवित्तले हाल कायम सर्वसाधारण र संस्थापकको सेयर संरचना मिलाउन एफपीओ जारी गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फ अनलाइन आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ ।

बेरूजु फर्छ्योटका कामलाई गति दिने लेखा समिति निर्णय Read Previous

बेरूजु फर्छ्योटका कामलाई गति दिने लेखा समिति निर्णय

डलरको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड Read Next

डलरको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड