काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार १३ अंकले घटेको नेप्से आज झण्डै २९ अंकले बढेको हो ।
सोमबार नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा पुगेको छ । सूचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोड रुपैयाँले घटेर ४ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशतले बढेको छ ।
आज जानकी फाइनान्सको सर्वाधिक १८ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, जोशी हाइड्रोपावरको ११ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको मूल्य घटेको छ ।
बढ्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रोपावर र बाराही हाइड्रोपावरका सेयरधनीले १० प्रतिश कमाएका छन् ।
आज मानुषी लघुवित्तका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।