काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको पुस ८ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा दियालो फूडल्याण्ड, भरतपुर, चितवनमा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस १९ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।