५ महिनामा काठमाडाैं महानगरद्धारा ३७ किमी सडक कालोपत्र, ५.८ किमी ढलान

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न गरेको छ । यसबाट ३७.३० किलोमिटर सडक कालोपत्रे भएको हो ।

महानगरका अनुसार नियमित सडक मर्मत कार्यक्रम अन्तर्गत ८.४० किलोमिटर, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १०.२० किलोमिटर, धुलोरहित सडक कार्यक्रमअन्तर्गत ९.४० किलोमिटर र क्रमागत कार्यक्रमबाट ९.३० किलोमिटर सडक निर्माण गरिएको हो ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा काठमाडौँ प्लाजामा आज बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेको प्रगतिका विषयमा जानकारी गराएका हुन् ।

सडक कालोपत्रे कार्यसँगै ५.८० किलोमिटर सडक ढलान गरिएको छ । १.१६ किलोमिटर ढल राख्ने, ६.४७ किलोमिटर सडकमा ब्लक छाप्ने र २ हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको छ ।

यस अवधिमा करिब ८८ करोड रुपैयाँको काम सम्पन्न भएको र ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ ।

एनपीएल फाइनलको सबै टिकट 'सोल्ड आउट' Read Previous

एनपीएल फाइनलको सबै टिकट 'सोल्ड आउट'

एडीबीद्वारा नेपालाई १ खर्ब ५ अर्ब सहयोग घोषणा, साढे ६ अर्ब अनुदान दिने Read Next

एडीबीद्वारा नेपालाई १ खर्ब ५ अर्ब सहयोग घोषणा, साढे ६ अर्ब अनुदान दिने