काठमाडौं । लुम्बिनी विकास बैंक र गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
दुवै बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले गत वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् ।
लुम्बिनी विकास बैंकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, गरिमा विकास बैंकले सेयरधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
दुवै बैंकको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।