दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश पाउने आज अन्तिम दिन रहेको छ । नेपाल एसबीआई बैंक र तारागाउँ रिजेन्सी होटल्सले गत आव २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको हो ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि दुवै कम्पनीले भोलि (पुस ५ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै दुवै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

एसबीआई बैंकले गत आवको मुनाफाबाट ३.८ प्रतिशत बोनस सेयर र करसहित ८.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस २१ गते ३१औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।

त्यसैगरी, तारागाउँ रिजेन्सीले गत वर्षको नाफाबाट करसहित ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस २४ गते वार्षिक साधरण सभा बोलाएको छ ।

डलरको मूल्यले लगातार तेस्रो दिन बनायो नयाँ रेकर्ड Read Previous

डलरको मूल्यले लगातार तेस्रो दिन बनायो नयाँ रेकर्ड

हेटौंडा औद्योगिक क्षेत्रमा १२७ वटा उद्योग सञ्चालनमा Read Next

हेटौंडा औद्योगिक क्षेत्रमा १२७ वटा उद्योग सञ्चालनमा