नेष्डो समृद्ध, सप्तकोशी र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप ३ कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

बुधबार सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।

सप्तकोशी डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट ३.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१९ प्रतिशत गरी कुल ३.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, ग्रीन डेभलपमेन्टले ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, नेष्डो समृद्ध लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

तीनै कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

उपत्यकाका नदी करिडोर सडक मर्मत गर्न ८० करोड चाहिने, अर्थमा प्रस्ताव पेश Read Previous

उपत्यकाका नदी करिडोर सडक मर्मत गर्न ८० करोड चाहिने, अर्थमा प्रस्ताव पेश

सिस्नेरी-दक्षिणकाली सडक ११ गतेसम्म बन्द Read Next

सिस्नेरी-दक्षिणकाली सडक ११ गतेसम्म बन्द