कम्बोडिया-भैरहवा सिधा उडान गर्न प्रस्ताव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया-भैरहवा-कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् ।

कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएका शिष्टाचार एवं विदाई भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया-भैरहवा-कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् ।

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकोबारे समेत जानकारी गराएका थिए । यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी ‘बौद्ध सर्किट’को विकास गर्न सकिने ।

पर्यटन प्रवर्द्धनका लागि दुवै देशका वीचमा कला, संगीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरु र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने  विषयामा  छ्लफल भएको थियो ।

यस्तै,  दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना,सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावना लगायतका विषय छलफल भएको थियो ।

यसैगरी, पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडानहरू र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे समेत दुई मन्त्रीबीच चर्चा भएको थियो ।संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिएका छन् ।

तनहुँ जलविद्युत्को १४९३ मिटर लामो सुरूङ ब्रेक थ्रु Read Previous

तनहुँ जलविद्युत्को १४९३ मिटर लामो सुरूङ ब्रेक थ्रु

एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ : अध्यक्ष ढकाल Read Next

एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ : अध्यक्ष ढकाल