बलेफी हाइड्रोपावरको हकप्रद सेयर खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आज (कार्यालय समय)देखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको हकप्रद सेयरमा पुस १७ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीले हकप्रद सेयर प्रयोजनाका लागि कात्तिक २१ गते बुकक्लोज गरेको थियो । सो अनुसार कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीहरूले सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ भने हकप्रदपछि ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

हकप्रदबाट प्राप्त रकममध्ये ३० करोड ६४ लाख प्रबद्र्धकबाट लिएको ऋण तिर्ने, १२ करोड ठेकेदार तथा बिक्रेताहरूको भुक्तानी गर्ने र बाँकी रकम बैंकको ऋण तिर्ने कम्पनीले जनाएको छ ।

दुई परियोजनाका लागि एडीबीबाट सवा २१ अर्ब ऋण लिने सम्झौता Read Previous

दुई परियोजनाका लागि एडीबीबाट सवा २१ अर्ब ऋण लिने सम्झौता

रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै Read Next

रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै