लुङ्खु-हुवास सडक धमाधम कालोपत्र हुँदै

पर्वत । दोविल्ला-फलेवास-लुङ्खु-हुवास सडकअन्तर्गत लुङ्खु–हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले उक्त सडक निर्माण थालेको हो । निर्माणाधीन १५ किलोमिटरमध्ये नौ किलोमिटर सम्पन्न भइसकेको छ भने बाँकी आगामी दुई महिनाभित्र सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको तयारी भइरहेको छ । हुवास–भोर्ले कालोपत्र पूरा भएको छभने मंगलबारदेखि पाखापानीतर्फको काम प्रारम्भ भएको छ ।

महाशिला गाउँपालिकाको लुङ्खुदेखि पैँयू गाउँपालिकाको केन्द्र हुवासस्थित हातेमालो चोकसम्म ३६ करोड ९६ लाख ९३ हजार ६८५ रुपैयाँ लागतमा सडक कालोपत्र हुने भएको हो ।

उक्त सडक कालोपत्र नहुँदा वर्षायाममा पैँयु र विहादी गाउँपालिकाका बासिन्दा स्याङ्जा, पोखरा भएर कुस्मा आउनुपर्ने बाध्यता थियो ।

कुश्मा–फलेवास १६.७ किमी सडक ५ वर्षअघि नै कालोपत्र गरिएको होभने लमायखोला–लुङ्खु १३ किमी गत वर्ष पूरा भएको हो । यो सडक खण्डको शेराबेँसी–गेडीखोलामा पक्की पुल निर्माण भएको छ ।

खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरू, ३५ हजार क्विन्टल किन्ने Read Previous

खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरू, ३५ हजार क्विन्टल किन्ने

सिटिजन्स बैंक र भोकमन्त्र बीच छुट सम्बन्धी सम्झौता Read Next

सिटिजन्स बैंक र भोकमन्त्र बीच छुट सम्बन्धी सम्झौता