बीआरआइ फ्रेमवर्क दस्तावेज सार्वजनिक, यस्तो छ पूर्णपाठ

काठमाडौं । प्रधानमन्बी केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देश बीच भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा सम्झौताको पूर्णपाठ राखेको हो । सार्वजनिक सम्झौता अनुसार बीआरआईमा नेपाल र चीन बीच प्राविधिक सहयोग सुनिश्चित गर्ने र सार्व भौम योजानहरूको कार्यान्वयनमा वित्तीय सहायता मोडालिटीमा जाने उल्लेख गरिएको छ ।

बीआरआइ सहकार्य फ्रेमवर्कमा नेपाल-चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरू, पारवहन कनेक्टिभिटी लगायत बुँदाहरू समेटिएको छ ।

सम्झौताको पूर्णपाठ सार्वजनिक नहुँदा घरेलु र भूराजनीतिक रुपमा समेत संशय व्यक्त गरिएको थियो । सत्ता घटक नेपाली काँग्रेसले बीआरआइ अन्तर्गत ऋण मात्रै लिने गरी सम्झौता भएको बताएको थियो ।

नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्क सार्वजनिक नहुँदा दस्तावेज आफूले पढ्न नपाएको बताएका थिए । उनले बीआरआई सम्झौता पारदर्शी हुने अपेक्षा राखेको बताएका थिए । लु अमेरिका फर्के लगत्तै सरकारले दस्तावेज सार्वजनिक गरेको हो ।

यस्तो छ बीआरआइ सहकार्य फ्रेमवर्कको पूर्णपाठ

 

आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकता दिन परिसंघको आग्रह Read Previous

आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकता दिन परिसंघको आग्रह

सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन Read Next

सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन