अब लाइसेन्समा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरमै सच्याउन मिल्ने

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)मा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरका कार्यालयबाटै सच्याउन पाइने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमति पत्रका लागि आवेदन दिँँदा गल्ती भएमा बायोमेट्रिक बाहेकका विवरण प्रदेश मातहतका कार्यालयबाटै सच्याउन सकिने जनाएको हो ।

हाल लाइसेन्सको दरखास्त, दरखास्त फारको छानबिन, स्वीकृत, लिखित परीक्षा संचालन, प्रयोगात्मक परीक्षा, नतिजा सार्वजनिक लगायत काम यातायात व्यवस्था कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयबाट हुँदै आएको छ । लाइसेन्सको आवेदन दिँदा केही गल्ती भएमा सच्याउन यिनै कार्यालयमा जानुपर्ने बाध्यता छ ।

नेपालको संविधान, २०७२ र कार्यविस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति व्यवस्थापन सम्बन्धी अधिकार पनि प्रदेशलाई दिइएको उल्लेख गर्दै विभागले अब केही त्रुटी भएमा बायोमेट्रिक बाहेकको विवरण प्रदेशबाटै सच्याउने मिल्ने व्यवस्था गरिएको बताएको छ ।

सोही अधिकारलाई मध्येनजर गरी २०८१ मंसिर १० गतेको विभागस्तरीय निर्णयानुसार यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

आत्मनिर्भर हुन विदुरमा 'प्याज पकेट' कार्यक्रम संचालन Read Previous

आत्मनिर्भर हुन विदुरमा 'प्याज पकेट' कार्यक्रम संचालन

काठमाडौंमा वायु गुणस्तर निगरानी उपकरण जडान, अब सवारीसाधनको जाँच थाल्ने Read Next

काठमाडौंमा वायु गुणस्तर निगरानी उपकरण जडान, अब सवारीसाधनको जाँच थाल्ने