काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको मंसिर २१ गते बसेको बैठकले गत वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत नगद (करसहित) लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।