मधेस प्रदेशमा धान उत्पादन बढ्यो

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्षमा १५ लाख २ हजार ४५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार ६०७ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा २ लाख ५ हजार २५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताए ।  रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उनको तर्क छ । गत वर्षको तुलनामा यस वर्षमा ५ हजार २०० हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो ।

गत वर्ष प्रतिहेक्टर ३.५० मेट्रिकटन धान उत्पादभएको थियो भने चालु आवमा प्रतिहेक्टर ४ मेट्रिकटन उत्पादन भएको छ । सबैभन्दा बढी सप्तरीमा तथा सबैभन्दा कम  रौतहटमा भएको छ । सप्तरीमा २ लाख ६१ हजार १२० मेट्रिकटन, रौतहटमा १ लाख  ५० हजार ४८० मेट्रिकटन, पर्सामा १ लाख ८४ हजार ७४९ मेट्रिकटन, सर्लाहीमा १ लाख ८२ हजार १६० मेट्रिकटन र धनुषामा १ लाख ६६ हजार २६० मेट्रिकटन धान उत्पादन भएको छ ।

यसैगरी, महोत्तरीमा १ लाख ६७ हजार ७७० मेट्रिकटन, सिरहामा २ लाख ९ हजार ५२० मेट्रिकटन र बारामा १ लाख ८० हजार ३०० मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए।

यसैबीच, यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको जनाएको छ । रासस

एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुने Read Previous

एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुने

२३५६ मेगावाटका दुई हाइड्रोको वित्तीय प्रस्ताव आह्वान,  साढे ५ खर्ब जुटाउनुपर्ने Read Next

२३५६ मेगावाटका दुई हाइड्रोको वित्तीय प्रस्ताव आह्वान, साढे ५ खर्ब जुटाउनुपर्ने