काठमाडौं । कुमारी बैंकको झण्डै साढे २२ लाख कित्ता संस्थापक (प्रमोटर)सेयर लिलामीमा आएको छ । बैंकको विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको २२ लाख ४३ हजार ७ कित्ता सेयर लिलामीमा आएको हो ।
बैंकको उक्त सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले पुस ३ गते दिनभित्र आवेदन दिनुपर्नेछ
लगानीकर्ताले न्यूनतम १० लाख कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । खरिदकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ घटाउन पाइने छैन ।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।