काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३ कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रयोजनाका लागि भोलि (मंसिर २१ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म सेयर किन्नेले मात्र यी कम्पनीले घोषणा गरेको लाभांश पाउने छन् ।
सूर्यज्योति लाइफले गत वर्षको नाफाबाट करसहित २० प्रतिशत नगदर लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस ६ गते १७ औं साधरण सभा बोलाएको छ । उक्त सभा बिग होटल, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ।
त्यस्तै, यता एनआरएन इन्फ्रास्ट्रक्चरले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस १२ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । यस कम्पनीको सभा आम्रपाली ब्यांक्वेट थिरबम काठमाडौंमा हुनेछ ।
त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७ प्रतितश नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न फर्स्टले पुस ११ गते आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा सभा बोलाएको छ ।