 
			काठमाडौं ।नेपाल एसबीआई बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
दुवै कम्पनी संचालक समितिको मंसिर १८ गते बसेको बैठकले गत वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।
सिद्धार्थ बैंकले सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
त्यस्तै, श्री इन्भेष्टमेन्टले १.८६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.०९८ प्रतिशत नगद गरी कुल १.९६ प्रतिशत लाभांश घोषणा गरेको हो ।
दुवै कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                