११ हजार नक्कली आयोजना खारेज गर्ने भौतिकमन्त्रीको घोषणा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेटमा पास नभएका ११ हजार नक्कली आयोजनाहरु अध्ययन गरेर खारेज गर्ने बताएका छन् ।

आइतवार मन्त्रालयमा पूर्वाधार पत्रकारसँग भएको छलफल कार्यक्रममा उनले ११ हजार नक्कली आयोजना खारेज गर्ने घोषणा गरेका हुन् ।

उनले नक्कली आयोजना खडा गरी अनावश्यक रुपमा बजेटमा राख्ने प्रवृत्तिको अन्त्य गरिनेबताए । उनले ११ हजार नक्कली आयोजनाको सन्दर्भमा प्रधानमन्त्रीले बारम्बार प्रश्न उठाएको समेत उनले जानकारी गराए ।

‘११ हजार नक्कली आयोजनाको सन्दर्भमा प्रधानमन्त्रीले उठाएको विषय हो, यी आयोजना कसरी बीचैमा त्यसरी आए । संसद्ले पास गरेको आयोजनाभन्दा कसरी बढ्यो भन्ने कुराको अध्ययन हुनुपर्छ यो अराजकता हो । नक्कली आयोजना खडा गरी अनावश्यक बजेट राख्ने प्रवृत्तिको बारेमा अध्ययन गरी ती आयोजनालाई डिलेट गर्नेबाहेक अरू उपाय छैन,’ उनले भने ।

उनले पछिल्लो समय पेचिलो बनेको निर्माण व्यवसायीको भुक्तानी आगामी १५ दिनभित्रै गत आर्थिक वर्षमा पाउने रकम भुक्तानी गर्ने पनि बताए ।

 

भिभो बन्यो नेपाल प्रिमियम लिगको आधिकारिक स्मार्टफोन साझेदार Read Previous

भिभो बन्यो नेपाल प्रिमियम लिगको आधिकारिक स्मार्टफोन साझेदार

ईसेवा मनि ट्रान्सफरको ब्राण्ड प्रवर्द्धकमा दीपेन्द्र सिंह ऐरी Read Next

ईसेवा मनि ट्रान्सफरको ब्राण्ड प्रवर्द्धकमा दीपेन्द्र सिंह ऐरी