काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।
होटल संचालक समितिको मंसिर १४ गते बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले बैंकको ऋण तिर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
प्रस्तावित हकप्रद सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित र धितोपत्र बोर्डको स्वीकृतिपछि जारी हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी १ करोड ६७ लाख ४० हजार रुपैयाँ छ ।