दुई लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले फरवार्ड माइक्रोफाइनान्स र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ ।

दुवै लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले फरवार्डले वितरण गर्ने १३.३ प्रतिशत बोनस सेयरका आधारमा सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि फरवार्डको नयाँ सेयर मूल्य १३५२.१६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सले बाँड्ने १३.७७५ प्रतिशत बोनस सेयरको आधारमा मूल्य समायोजन भएको हो । सपोर्टको नयाँ सेयर मूल्य २९२४.१९ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।

कोरिया सरकारले नेपालमा लगानी बढाउन चाहेको छ : राजदूत तेयोङ Read Previous

कोरिया सरकारले नेपालमा लगानी बढाउन चाहेको छ : राजदूत तेयोङ

पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ निषेध Read Next

पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ निषेध