काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
सोल्टीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर १३ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
सोल्टीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते ५० औं वार्षिक साधरण सभा डाकेको छ ।कम्पनीको सभा नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।